ढाका, भदौ २१ । जारी साफ सुजुकी कप फुटबलमा नेपाल र भुटानबीचको खेल सुरु भएको छ । बंगलादेशको राजधानी ढाकास्थितको बंगबन्धु रंगशालामा सुरु भएको खेलमा नेपाल आफ्नो पहिलो जितको खोजिमा छ ।
नेपाल आफुलाई सेमिफाइनलमा सुरक्षित गर्न आजको खेल जित्नै पर्ने दबावमा छ । पाकिस्तानसँग पहिलो खेलमै २–१ ले हार ब्यहोरेको नेपालले आज भुटानसँग पनि हार ब्यहोरे समूह चरणबाटै बाहिरिने छ ।
अहिले सम्म साफ च्याम्पियनसिपमा नेपाल र भुटानबीच २ पटक आमन्ने सामन्ने भएको छ । सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई २–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३–१ गोलअन्तरले पराजित गरेको थियो ।
नियमित कप्तान बेन्चमा
प्रशिक्षक बालगोपाल महर्जनले आज निकै अनौठो परिवर्तन गरेका छन् । नेपालका लागि नियमित कप्तान विराज महर्जनलाई भुटान विरुद्धको खेलमा उनले बेन्चमा राखेका छन् । त्यस्तैगरी, फरवार्ड नवयुग श्रेष्ठ र भरत खवासलाई पनि महर्जनले बेन्चमा राखेका छन् । नेपालको लागि पहिलो पटक किरण कुमार लिम्बुले कप्तानीको जिम्मा पाएको उनले यसअघि सिनियर टिमको कप्तानीमा जिम्मेवारी पाएका थिएनन् ।
यस्तो छ प्लेयिङ इलाभेन
गोलकिरपर– किरण कुमार लिम्बु
डिफेन्डर – आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी
मिडफिल्डर – रोहित चन्द, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, अन्जान विष्ट
फरवार्ड –बिमल घर्ती मगर
यो समाचार बनाई रहँदा नेपाल १–० को स्थितिमा छ । नेपालका लागि अनन्त तामाङले गोल गरेका हुन् ।