भक्तपुर । अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा भक्तपुर जिल्लाको जिल्ला भेला सूर्य विनायकको चुनदेवीस्थित गलैंचा कारखानामा शनिवार बिहान भव्य रुपमा सम्पन्न भएको छ । संगठन विस्तार तथा जनपरिचालन अभियानअन्तर्गत पार्टी तथा जनवर्गीय संगठनहरुको गठन, पुनर्गठन तथा भेला र सम्मेलन सम्पन्न गरिँदै गर्दा यो भेला सम्पन्न भएको गरिएको हो ।

भेलाले पदम लामाको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । गठित समितिको सहसंयोजकमा ज्ञानबहादुर तामाङलाई चयन गरिएको छ । समितिका सदस्यहरुमा दिनेश लामा, मदन तामाङ, पदम तामाङ, माया असली तामाङ र दिलमाया लामा चयन भएका छन् ।

हार्दिक शुभकामना !

भेलाका प्रमुख अतिथिमा क्रान्तिकारी माओवादी भक्तपुर जिल्लाका जिल्ला इञ्चार्ज क. जीवन र अतिथिमा जिल्ला सेक्रेटरी क. विवेकको उपस्थिति रहेको थियो । त्यसैगरी विशेष अतिथिका रुपमा अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सहसंयोजक सुरेश तामाङको उपस्थिति रहेको थियो ।

भेला पदम लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर