काठमाडौं, भदौ १६ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा लगातार दुई खेल हारेको नेपालले आफ्नो तेस्रो खेलमा शनिबार घरेलु टिम मलेसियालाई १९ रनले हराएको छ । बर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो ।
ओपनिङमा परिवर्तन गर्दै आज नेपालले सुवास खकुरेल र अनिलकुमार साहलाई ल्याएको थियो तर यो जोडीले राम्रो सुरुवात गर्न सकेन । टिमको स्कोर १८ रन हुँदा खकुरेल व्यक्तिगत ९ रनमा आउट भए त्यसपछि आएका ब्याट्मानहरु क्रमशः ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट भए र मात्र ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाउन पुग्यो ।
दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पारी सम्हाले । छैटौं विकेटका लागि आरिफ शेखसँग १०१ रनको साझेदारी गरेका ऐरी व्यक्तिगत ५४ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए ।
सोमपाल कामी पहिलो बलमै आउट भए । तर, आरिफले बसन्त रेग्मीसँग आक्रामक पारी खेल्दै १४ बलमा २७ रनको साझेदारी गरे । उनी ६४ रनमा अविजित रहे । ४८ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का समेत हाने । यता, नेपालको तर्फबाट बलिङमा बसन्त रेग्मीले ३ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिए ।