काठमाडौं । १८–बुँदे घोषणा पत्र जारी गर्दै काठमाडौंमा दुई दिनसम्म चलेको चौथो बिम्स्टेक शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको पहिलो दिन उपस्थित राष्ट्र प्रमुखहरुको सम्बोधन पछि साँझमा रात्रीभोज र भेटघाट चलेको थियो ।
सम्मेलनको दोस्रो दिन पारस्पारिक हित र सामूहिक आवश्यकताका आधारमा तयार पारिएका सम्मलेनका एजेण्डामाथि छलफल गरिएको थियो । यो छलफलपश्चात् समसामयिक १८–बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको थियो ।
घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् । यस अवसरमा ग्रिड इन्टर कनेक्सनका विषयमा बिम्स्टेक राष्ट्रहरुबीच तयार पारिएको एमओयुमा बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरुले हस्ताक्षर गरेका छन् ।