काठमाडौं । अखिल नेपाल क्रान्तिकारी टेड युनियन महसंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी अटो मेकानिक्स श्रमिक मजदुर संघ इलाका नं. ४ को शनिवार काठमाडौंको ज्ञानेश्वरमा आयोजित एक भेलाले विकास शाहीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।

हार्दिक शुभकामना !

गठित समितिका उपाध्यक्षमा श्रीकृष्ण श्रेष्ठ, सचिवमा लालबाबु शर्मा, कोषाध्यक्षमा प्रेम सुनुवार, सहसचिवमा विनोद खड्की र सल्लाहकारहरुमा राजु मानन्धर तथा अरुण दासलाई चयन गरेको छ । त्यसेै गरी समितिका सदस्यहमा विमल तामाङ, विजय श्रेष्ठ, जयराम शाह लगायतलाई चयन गरेको छ ।

नव गठित इलाका समितिले समिति चयन लगत्तै वैठक बसेर केही महत्वपूर्ण निर्णयहरु पनि लिएको छ । समितिले अहिलेको सरकारले स्वरोजगार व्यवसाय र मजदुरहका विषयमा गरेका निर्णयहरु मजदुरविरोधी रहेको ठहर गर्दै उक्त निर्णय कार्यान्वयन नगरी बदर गर्न सरकारसँग जोडदार माग गर्ने र नमानेमा आन्दोलनमा जाने निर्णय गरेको छ ।

यसका साथै अटो मेकानिकल वर्कशपहरु रिङरोड बाहिर हटाउने भनी गरेको निर्णय आफैमा खेदजनक रहेको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न सरकारलाई चेतावनी पनि दिएको छ ।

नवराज दाहालले सञ्चालन गर्नुभएको उक्त भेलामा प्रमुख अतिथि कुमार घताने, विशेष अतिथि वैकुण्ठ घिमिरे र अन्य अतिथिहरुमा बुद्ध तामाङ, टंकराज गिरी रहेका थिए । भेला प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर