एशियाली खेलकूदको तयारीमा नेपाली खेलाडी

काठमाडौं । नेपाली खेलाडीहरु एक महिनापछि हुन गइरहेको एशियाली खेलकुदको तयारीमा लागिपरेका छन् । अहिले पनि नेपालले धेरै इभेन्टहरुमा नेपाली खेलाडीहरु सहभागी गराउने छ । राष्ट्रिय खेलकुद परिषद्का सचिव केशवकुमार विष्टका अनुसार नेपाली खेलाडीहरु अहिले खेलकुद तयारीको बन्द सेसनमा भागलिएरहेका छन् ।

भागलिइरहेका खेलाडीहरु भन्छन्– खेलको बन्द सेसनको रुपमा रहेको तयारीका लागि फिल्ड तथा अन्य आवश्यक कुराहरुको र राचाँजोपाँजो राम्रो मिलाइएको छैन । खेलाडीहरु पानी जमेको फिल्डमा दगुर्नु पर्ने, चिप्लिएर भनेजस्तो पनि नहुने, आयोजकले त्यति वास्ता नगर्ने आदि गुनासोहरु गरिरहेका छन् ।

तर राष्ट्रिय खेलकुद परिषद् भने नेपालमा हालको अवस्थामा त्यो भन्दा बढी केही पनि गर्न नसकिने बताउँदै आएको छ । परिषद्को दावा छ– यस पाला समय अगावै तयारी गरिन लागिएको छ ।

तर बन्द सेसनमा आगामी प्रतिस्पर्धाका लागि तयारीमा लागेका खेलाडीहरु भने तयारीका लागि पर्याप्तता नभएको बताइरहेका छन् ।