एथेन्सको जंगलमा फैलिएको आगोले पुर्यायो ठूलो नोक्सानी

एथेन्सको जंगलमा फैलिएको आगोले पुर्यायो ठूलो नोक्सानी

काठमाडौं । ग्रिसको राजधानी एथेन्स नजिकै होली डे रिसोर्ट वरपर सल्किएको आगोले कम्तीमा २४ जना मानिसहरुको ज्यान लिएको छ । आगोको लप्कामा परेर एकशय भन्दा बढी मानिसहरु घाइते भएका छन् । यो आगोले एक दशकभन्दा अघि लागेको आगो जस्तै ठूलो नोक्सानी पुर्याएको स्थानीय जनताले बताएका छन् ।

ग्रिसले आगो नियन्त्रणका लागि युरोपियन युनियनलाई पनि गुहारेको छ । इट्ली, जर्मनी र पोल्याण्डले त अग्नि नियन्त्रक जहाजहरु र यन्त्रहरु पठाइसकेका पनि छन् ।

आगोको लप्काले त्यहाँ रहेका सबै रिसोर्ट, घर तथा सरसामानहरु नस्ट गरेको छ ।