यही हो प्रम ओलीज्यू, ‘डुबानमा परेर जनता रुनु पर्ने छैन भनेको ?’

यही हो प्रम ओलीज्यू, ‘डुबानमा परेर जनता रुनु पर्ने छैन भनेको ?’

काठमाडौं । मनसुन सुरुभए पछिको नेपाल डुबानको समस्यामा छ । देशको पूर्वदेखि पश्चिमसम्मको सिंगो तराइ भूभाग डुबानमा छ । त्यहाँका स्थानीय जनता निकै चिन्तामा छन् । उनीहरुको घर, बारी र खेत सबै डुबानमा परेका छन् । खाने कुरा र बस्ने ठाउँ छैन ।

तर उखान टुक्का र ठट्टा मजाकमात्र गर्ने प्रम ओलीले ‘डुबानमा परेर जनता रुनु पर्ने छैन’ भनेर आफू प्रमहुँदा दिएको प्रतिबद्धता ठट्टा र मजाकमै उडाएर लाज पचाई काठमाडौंमा रमाइरहेका छन् । डुबानमा परेका जनताका लागि न त राहत नै छ, न त साथ नै छ ।

वर्षामा डुबान नेपालको सदाबहार समस्या हो । यसको तयारी हरेक वर्ष गर्नै पर्छ । तर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिएर ‘समाजवाद’को अभ्यासमा जुटिरहेको भन्दै आएको वामपन्थी भनिएको सरकारले पनि यसको तयारी गरेन ।

देशभर बाढी पहिरो र डुबानका खबरहरु निकै आए । तर सरकारको तर्फबाट प्रहरी परिचालन गरेर मानिस र केही सामानहरु जोगाउनु भन्दा अरु कुनै पनि काम गर्न नै सकेन । भारतले बाँधेका बाँधहरुका ढोकाहरुमा पानी खतराको लेबल भन्दा माथि आउँदासम्म पनि ती ढोकाहरु सरकारले आफूले पहलकदमी लिएर खुलाई डुबान कम गर्न पहल नै गरेन ।

सरकारले आफूले राज्य र राज्यस्तरबाट लिने र लिनुपर्ने पहलकदमी प्रायः शुन्य नै छ । भारतसँग गरिएका असमान सन्धिसम्झौताहरु विनापुनरावलोकन कार्यान्वयनमा लगिने भनेर दिल्लीको दलाली गरेर आएका प्रम ओलीको जनताका माझमा जाने बाटो सम्म पनि छैन ।
तराइमा भएको सबैभन्दा ठूलो डुबान भएको क्षेत्र महली सागर बाँध नजिकको रंगपुर, भैसहिया, बैदौली, भगवानपुर, कचरिहवा, लौहरौली, पर्सोहिया आदि रहेको छ । त्यहाँको करिब सात हजार बिघा जमीन डुबानमा परेको छ । स्थानीय जनताका अनुसार जम्मा भएको पानी एकहप्तामात्र नखोलिएमा धान कुहिएर यसको जरासम्म पनि नरहने बताउँछन् ।