काठमाडौं । व्यापार युद्धको पूर्वसन्ध्यामा जी–२० का देशका मन्त्रीस्तरीय शिखर बैठक आर्जेन्टिनामा भएको छ । वैठक भइरहँदा त्यहाँ अमेरिकाकै दादागिरी चलिरहेको छ । अमेरिकी दादागिरी उपस्थित सबै बीसै देशहरुको आलोचनाको केन्द्र बने पनि छलफलको विषयवस्तु भने अमेरिकाकै रहेको छ ।

हार्दिक शुभकामना !

उपस्थित सबैले छलफलका क्रममा व्यापार युद्ध आजको वास्तविकता हुन गएको बताएका छन् । कोही पनि देश पछि हट्न तयार देखिएका छैनन् । त्यसमा अमेरिका त झन् एक्लै भए पनि व्यापार युद्ध लड्ने पक्षमा रहेको देखिएको छ । ट्रम्पले भन्ने गरेका छन्, अमेरिकाले गर्दा युरोपका देशहरुले विश्व बजारमा मुनाफा कुम्ल्याउन पाएका छन् । उनले उस्तै परे इयुका २८ देशहरुलाई यो यथार्थता देखाइदिने भनेर पनि चेतावनी दिने गरेका छन् ।

शिखर सम्मेलनमा उपस्थित फ्रान्सका अर्थमन्त्री ल मेयरले यो यथार्थतालाई स्वीकार गर्दै व्यापार युद्ध अहिले एउटा वास्तविकता हुँदै गएको बताएका छन् । उनले आफ्ना साझेदारहरुसँग एक पटक पनि सल्लाह नगरिकनै एकतर्फी रुपमा कर लगाउने अमेरिकी व्यापार नीतिको विरोध गरेका छन् । यो अमेरिकी सोंचलाई ‘जङ्गली कानुनमा आधारित’ भनी कडा आपत्ति पनि जनाएका छन् । अर्कोतर्फ अमेरिकी अर्थमन्त्री स्टिभनले आफ्नो कर नीतिको बचाउ गर्दै ईयु र चीनलाई स्वतन्त्र प्रतिस्पर्धाका लागि तयार रहन र आफ्ना बजार खुल्ला राख्न चेतावनी दिएका छन् ।

ट्रम्पले ईयुलाई आफ्नो दुश्मन भन्न पनि पछि परेका छैनन् । यो अभिव्यक्तिले जी ७ को अन्तरसम्बनधमा निकै नै तिक्तता ल्याएको छ । उनले चीनमाथि पनि निकै चुनौतिपूर्ण कर उठाउने संभावनालाई लिएर अभिव्यक्ति दिएका छन् । त्यो भनेको अमेरिकाले ५०० अर्ब डलर बराबरका सबै चिनियाँ सामानमा कर लगाउने छ ।

शिखर वैठकमा उपस्थित सबैले व्यापार युद्धमा जानुको सट्टा कमजोरीहरु सच्याउनु बुद्धिमत्तापूर्ण काम हुने पनि बताइएको छ । यसका लागि अमेरिकाले पहिले गल्ती सच्यानु पर्ने पनि बताइएको छ । अमेरिकाले स्टील र एलुमिनियममा लगाएको कर फिर्ता लिएपछि विवाद सुल्टदै र सुल्झदै जाने धेरैको धारणा थियो ।

तर अमेरिकी अर्थमन्त्रीले भने ईयुले ऊसँग कुनै पनि स्वतन्त्र व्यापारबारे वार्ता गर्न नसक्ने उल्लेख गरे । उनले एकोहोरो बजार खुल्ला गर्नुपर्ने कुरामा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर