रियलले हाजार्ड र कोट्वालाई भित्र्याउने तयारी गर्दै

प्रकाशित मिति : २०७५ श्रावण ३

काठमाडौं, साउन ३ । स्पेनिस क्लब रियल मड्रिडले चेल्सीका प्लेमेकर इडेन हाजार्ड र गोलरक्षक थिबाउट कोट्वालाई आफ्नो क्लबमा अनुबन्धन गर्न उच्चस्तरीय छलफल सुरु गरेको छ ।

२७ वर्षीय बेल्जियमका मिडफिल्डर हजार्डलाई रियलले कीर्तिमानी २०० मिलियन पाउण्डको प्रस्ताव राख्ने तयारी गरेको बुझिएको छ । तर उसले आधिकारिक रुपमा भने यो कुरा खुलाएको छैन । क्रिष्टियानो रोनाल्डोलाई एक सय मिलियन पाउण्डमा युभेन्टसमा बेचेको रियल मड्रिड उनको स्थानमा उपयुक्त खेलाडीको खोजीमा रहेको छ ।

उता, चेल्सीसँग कोट्वाको सम्झौता यसै बर्ष सकिँदैछ । तर उनको सम्झौता लम्बिने कुरामा अन्योल कायमै छ । यसैबीच गोलकिपर कोट्वाले भने मड्रिडमा घर खोज्न थालेको बुझिएको छ । कोट्वा बेल्जियमका गोलकिपर हुन् ।