काठमाडाैं, साउन ३ । जुम्लामा अनसनरत डा. गोविन्द केसीको अनसन स्थल बाहिर भएको झडपमा प्रहरीले गोली चलाउँदा प्रहरीलाई नै लागेर घाइते भएका जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी तपन दाहालका अनुसार प्रहरी जवान कमल उपाध्यायको मृत्यु भईसकेको जानकारी गराए ।

यता कर्णाली प्रदेशका प्रमुख डिआईजी सुरेशविक्रम शाहले भने घाइते जवान खतरामुक्त रहेको दाबी गरेका छन् । उनले घाइते जनाव उपाध्यायको छातीमा गोली नभई शिसा लागेको बताए ।

हार्दिक शुभकामना !

अनसनरत डा. केसीलाई काठमाडौँ ल्याउन सरकारको टोली जुम्ला पुगेपछि स्थानीयले गरेको प्रदर्शनका क्रममा भएको झडपमा जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी जवान कमल उपाध्याय घाइते बनेका थिए । उनको छातीमा गोली लागेको बताइएको छ ।

प्रहरीले अन्धधुन्ध लाठी चार्ज गर्दा र गोली चलाउँदा प्रहरीलाई नै लाग्न पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते उपाध्यायको जिल्ला अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर