गुगललाई ५ अर्ब डलर जरिवाना

गुगललाई ५ अर्ब डलर जरिवाना

एजेन्सी । यूरोपेली संघ (ईयू)ले अमेरिकी सर्च इञ्जिन गुगललाई अर्बौ डलर जरिवाना तिराएको छ । कम्पनीले आफ्नो मोबाइल अपरेटिङ सिष्टमलाई गैरकानूनी रुपमा त्यहाँको सर्च इञ्जिन बजारमा आफ्नो एकाधिकार थप मजबुत बनाउन प्रयोग गरेको भन्दै यूरोपेली आयोगले गुगललाई ५ अर्ब डलर (४ अर्ब ३० करोड यूरो) जरिवाना तिर्न आदेश दिएको हो ।

आयोगले गुगलको मातृ कम्पनी अल्फाबेट इङ्कलाई ९० दिनभित्र व्यापार शैली परिवर्तन गर्न वा विश्वव्यापी दैनिक औसत कारोबारको ५ प्रतिशत अतिरिक्त जरिवाना तिर्न चेतावनी दिएको छ । गुगलले भने यस आदेशको विरुद्धमा अपिल दिने योजना बनाइरहेको छ ।

कारण के थियो ?

–गुगलले एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेट निर्मातालाई आफ्ना स्मार्ट डिभाइसमा गुगल प्ले एपस्टोरमाथिको पहुँचका लागि गुगल सर्च एप तथा क्रोम ब्राउजर प्रिइन्स्टल गर्न बाध्य पारेको ।

–ठूलो परिमाणमा स्मार्टफोन तथा ट्याब्लेट उत्पादन गर्ने कम्पनीहरुलाई डिभाइसमा गुगल सर्च एप प्रिइन्स्टल गरेबापत पैसा खुवाउने गरेको ।

–स्मार्टफोन उत्पादकहरुलाई वैकल्पिक भर्सनको एन्ड्रोइड प्रयोग गरिएका स्मार्टफोन उत्पादन गर्नमा रोक लगाएको र त्यसो गर्नेलाई आफ्ना एप प्रिइन्स्टल गर्न नदिने चेतावनी दिएको ।