उपत्यकामा बिहान र दिउँसो ट्रिप्पर चलाउन प्रतिबन्ध

उपत्यकामा बिहान र दिउँसो ट्रिप्पर चलाउन प्रतिबन्ध

काठमाडौं । हाल सरकारले काठमाडौं उपत्यकाका सडकहरुमा बिहान र दिउँसोको समयमा ट्रिप्पर चल्न नदिने बताएको छ । मुस्ताङको कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक खण्डमा पर्ने स्याङबोचेमा भएको कहालिलाग्दो ट्रिप्पर दुर्घटनापछि पनि ट्रिप्पर दुर्घटनामा मानिसहरु कुल्चिएर मारिने क्रममा कुनै पनि कमी नआएकाले काठमाडौंका सडकहरुमा निश्चित समयका लागि ट्रिप्पर चलाउन रोक लगाइएको हो ।

मुस्ताङ ट्रिप्पर दुर्घटनामा २० जना मजदुरहरुको ज्यान जानुका साथै १२ मजदुरहरु गम्भीर घाइते भएका थिए । त्यसपछि पनि काठमाडौं र भक्तपुरका चौडा र फराकिला सडकहरुमा समेत् ट्रिप्पर दुर्घटनाले निरन्तरता पाउन छाडेनन् । बरु दिनहुँ सडकमा मानिसहरु मारिइरहे । दुर्घटनाका यी कहालिलाग्दा घटनाहरु कम गर्न सरकारले यस अघि नै भक्तपुरको जगातीदेखि कोटेश्वरसम्मको बाटोमा दिउँसो ट्रिप्पर चलाउन रोक लगाएको थियो ।