बुधबार स्कुटरलाई ठक्कर दिएर फरार टिपर चालक पक्राउ

बुधबार स्कुटरलाई ठक्कर दिएर फरार टिपर चालक पक्राउ

भक्तपुर, जेठ १० । बुधबार अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थायी घर धादिङ थाक्रे भई हाल थानकोट बस्ने ३० वर्षीय सञ्जीव सुचिकार हुन् । उनलाई गएराति नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कृष्ण प्रसाईंका अनुसार सुचिकारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको बताए ।

काभ्रेबाट काठमाडौँतर्फ आइरहेको बा३ख ६६७४ नंको टिपरले सोही दिशामा आइरहेको बा५६प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा भक्तपुर लोकन्थलीका ५० वर्षीय हरिबहादुर कटुवाल, दोलखा मेलुङ घर भई हाल मध्यपुर थिमी–१ बस्ने वर्ष ४२ का सविता घिमिरे र सविताकै छोरा १३ वर्षीय अरविन घिमिरे रहेका थिए ।