मलेसियाद्वारा नेपाली इमिग्रेशनमा रोक

प्रकाशित मिति : २०७५ जेष्ठ १०

काठमाडौं, जेठ १० । मलेसियाले नेपाली मजदूरहरुलाई त्यहाँ जानबाट एकहप्ते रोक ‘इमिग्रेशन’ लगाएको छ । यो प्रक्रिया अरु बढि लम्बिन सक्ने सङ्केत पनि दिएको छ ।

नेपाली मजदूरहरु प्रत्येक महिना १० हजारका दरले मलेसियामा काम गर्नजाने गरेका छन् । मध्यपूर्वमा साउदी अरब, कतार, कुबेत र दुबईले नेपाली कामदारहरुलाई ढोका खुल्ला गर्नुपूर्व नेपालीहरु विदेशमा कमाइ गर्न जाने ठाउँ मलेसशया नै थियो । एकताका युरोप पछिको कमाइ हुने र सर्वसाधरणको पहुँच हुने कमाइको राम्रो ठाउँ भनेर मलेसियालाई लिइन्थ्यो ।

मध्यपूर्व अर्थात् खमडी मुलुमा रोजगारीको बाटो खुलेपछि पनि नेपालीहरु मलेसिया जाने लहर र कहरमा भने त्यति साह्रो कमी आएको छैन । तथापि ‘इमिग्रेशन’ रोकिएपछि भने नेपालीहरुमा अन्यौलता छाएको छ ।

नेपाल सरकार यसका अधिकारीहरुले भने मलेसियाली सरकारसँग कूटनीतिक तहमा वार्ता संवाद चलिरहेको बताएका छन् । तर पनि यदि मलेसियाले नेपाली कामदारका लागि ‘इमिग्रेशन’ खुल्ला गरेन भने नेपालमा भएको बेरोजगारीमा थप समस्या आउन सक्ने, रेमिटेन्समा ह्रास आउने र नेपाली जनजीवनमा पनि यसले प्रभाव पार्नसक्ने अर्थविद तथा विश्लेषकहरुको राय छ ।