काठमाडौं, जेठ १० । नेपाह भाइरसको संभावित सङ्क्रमणबाट विरामीलाई बचाउनका लागि नेपालमा अहिले यसको प्रारम्भिक सतर्कता अपनाइएको बताइएको छ । भारतमा रोजगारीका लागि नेपालीहरुको आउजाउ बाक्लो नै हुने भएकाले यो भाइरस जहिले पनि र जोसँग पनि जुनसुकै बेला भित्रनसक्ने आशङ्का गरिएको छ ।
अर्कोतिर भारतीयहरुको पनि नेपालमा व्यापार, लगानी र फुटकर मालसामान किनबेचको मामला विगत कैयौं वर्षदेखि परम्परा झैं रहँदै आएको छ । त्यसमा पनि खुल्ला सीमानाका कारण यो रोक्न सकिने अवस्थामा छैन । सकिए पछि क्वारेन्टाइन मार्फत् नै हो । त्यो पनि नियमित देखिदैन । नेपालमा यसको उपचार नभए पनि उक्त भाइरस लागेको पाइएमा तुरन्त इण्डिया पठाउने प्रारम्भिक व्यवस्था मिलाइएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
भारतकोे मध्यप्रदेश केरलामा विगविगी मच्चाएको नेपाह भाइसले त्यहाँ दुई दर्जनभन्दा बढिको ज्यान लिइसकेको छ । विरामीको उपचारमा खटेकी एकजना नर्सको समेत् उक्त भाइसले ज्यान लिइसकेको छ । हाल संयौं विरामीहरु उक्त भाइरसको आक्रमणले हस्पिटल भर्ना भइरहेका छन् भने धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।
सुँगुर र विशेष गरी इकखालको चमेराको प्रजातिबाट मानिसमा सर्ने उक्त नेपाह भाइरस भर्खरैमात्र देखा परेको हो । सुरुमा एकै घरका ३ जना परिवारका सदस्यहरु मरेपछि यो भाइरस निकै साङ्घातिक रहने बताइएको छ । उक्त परिवारका जीवित सदस्यहरुले आफूहरुले पानी खाँदै आएको कुवामा उक्त प्रजातिको मरेको चमेरो भेट्टाएर पानीबाहिर निकाली फ्याँकेका थिए ।
भाइरस लागेपछि सुरुमा ज्वरो आउने, ज्वरो बढ्दै जाने, विरामी बेहोस हुने जस्ता यसका लक्षणहरु देखिने उपचारमा संलग्न डाक्टर तथा नर्सहरुले बताएका छन् । भारतको केरलामा अरु प्रदेशहरुमा भन्दा राम्रो कमाइ हुने भन्दै हजारौं नेपालीहरु त्यहाँ काम तथा जागीरमा लागिरहेका छन् ।