‘टापुमा भएका सम्पत्तिको संरक्षण मात्र’ : चीन

‘टापुमा भएका सम्पत्तिको संरक्षण मात्र’ : चीन

काठमाडौं, जेठ १० । दक्षिणी चीन समुद्रमा रहेका आफ्ना ससाना टापूहरुमा चीनले बलियो उपस्थिति जनाउन थालेपछि संयुक्त राज्य अमेरिका उत्तेजित हुँदै आएको छ । सामरिक महत्वका ती टापुहरु दक्षिणी चीन सारको बीच भागमा रहेका छन् ।

रणनीतिक महत्वका ती टापुहरुमा दुईवटा भिन्न सौर्यमण्डल जस्ता देखिन्छन् (फोटोमा हेर्नुस्) । ती टापुहरु पारासेल आइल्याण्ड्स र स्प्राट्ली आइल्याण्डस हुन् । ती टापूका पूर्वमा फिलिपिन्स र मलेसिया, उत्तरमा स्वयम् चीन ताइवान, पश्चिममा भियतनाम र दक्षिणमा ब्रुनाई रहेका छन् ।

दक्षिण चीन सागरमा चीनको सशक्त उपस्थिति असैह्य भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताइरहँदा चीनले आफूहरु आफ्नै भूमिमा बसेर केवल प्राकृतिक÷भौतिक शंसाधनको रक्षा गरिरहेको बताएका छन् । उनले अमेरिकाले आरोप लगाए झैं फौजी किल्लाका रुपमा ती टापूहरुको विकास नगरेको जबाफ पनि दिएका छन् ।

तर यी टापुहरुको विषयलाई लिएर अमेरिकाले संयुक्त राष्ट्र सङ्घमा पनि बारम्बार कुरा उठाउने गरिरहेको छ ।