ओलाङचुङगोलाका जनतामा पर्यटन विकासको आशा

ओलाङचुङगोलाका जनतामा पर्यटन विकासको आशा

काठमाडौं, जेठ १० । पूर्वी नेपालको ओलाङचुङगोला नाका खुलेपछि नेपाल–चीन पर्यटन व्यवसाय फस्टाउने भनेर त्यहाँका जनता निकै नै उत्साहित भएका छन् । देशको चौतर्फी नाका खुल्ला गर्ने सोंचमा सधैंभरि दक्षिणबाट मात्र हेरिने आँखालाई परिवर्तन गर्दै अहिले नेपालको पूर्वमा रहेको ओलाङचुङगोलाबाट नेपाल–चीन नाका खोलिएपछि पर्यटनको संभावना बोकेका नाकाहरु चौतर्फी खुलाहुँदै जान थालेको त्यहाँका जनता बताउँछन् ।

बाटो पर्यटन व्यवसायको लागि प्रचम प्राथमिकता भएको र बाटो जस्तो भौतिक पूर्वाधारमा टेकेर पर्यटन व्यवसाय फुल्ने, फल्ने र फस्टाउने भन्दै बाटोको वरपर स्थानीयले लगानी गर्न थालेका छन् । कसैले रिसोर्ट, कसैले होटेल त कसैले चियाकफी पसलको व्यवसाय सुरु गर्ने तरखरमा जुटेका छन् ।

धेरैले यो बाटो चीन, नेपाल र भारत गरी त्रिदेशीय मार्गका रुपमा विकास हुने भनी अलि बढि आशावादी भएर आँकलन गर्न थालेका छन् । ओलाङचुङगोलाको नाका खुले पनि त्यो कच्ची मात्र भएकाले त्यहाँका बासिन्दाले आफ्ना दैनिक उपभोगका सामानहरु खच्चरबाट ढुवानी गरिरहेका छन् ।

स्थानीय तहको सरकार पनि गठन भइसकेकाले अब यो नयाँ आर्थिक वर्षदेखि कम्तिमा पनि ग्रेभलसम्म हुनसक्ने आशामा रहेका देखिन्छन् ।