काठमाडौं, फागुन २४ । जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार (आज) स्कटल्यान्डको सामना गर्दैछ ।
१ः१५ बाट सुरू हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । सुपरसिक्सको लक्ष्यका साथ आइसिसी विश्वकप छनोटमा होमिएको नेपाल स्कटल्यान्डको सामना गर्दा डु अर डाइको अवस्थामा हुनेछ ।
समूहको पहिलो खेलमा आयोजक जिम्बाब्वेलाई १ सय १६ रनको फराकिलो नतिजा सुम्पिएको नेपाललाई अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न पनि क्विन्स स्पार्टस क्लबमा स्टकल्यान्डविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।