मुम्बई हमलाको प्रमुख योजनाकार तथा दाउदका सहयोगी पक्राउ

मुम्बई हमलाको प्रमुख योजनाकार तथा दाउदका सहयोगी पक्राउ

काठमाडौं, फागुन २४ । मुम्बईमा श्रृङ्खलाबद्ध बम हमला भएको २५ वर्षपछि सीआईबीले सो हमलाको प्रमुख योजनाकार फारुक टक्ला भनेर चिनिने यासिन मन्सुर फारुकलाई पक्राऊ गरेको छ । उनी भुमिगत डन दाउद इब्राहिमका नजिकका सहयोगी मानिन्छन् ।

५७ वर्षीया फारुक दुबईमा पक्राऊ परेका थिए । उनलाई बिहिबार विहानै भारत ल्याइने केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ताले जानकारी दिए । फारुकलाई आतङ्कवादी र ध्वसात्मक क्रियाकलाम नियन्त्रण ऐन अन्तर्गतको विशेष अदालत (टाडा)मा मुद्दा चलाइनेछ ।

सीआईबी का अनुसार टक्ला र उनको भाई मोहमद अहमद मन्सुर सो हमलामा सलग्न विस्फोटनकर्ताहरुलाई दुवई रणनैतिक सहयोग गरेको आरोप लगाइन्छ । ति विस्फोटकर्ताहरु पछि हतियार तालिमको लागि पाकिस्तान पठाइएको थियो ।

तत्कालिन समयमा बम्बई भनिने मुम्बईमा १२ मार्च १९९३ दिउसो १ः३० देखि ३ः४० बीच १२ वटा बम विस्फोट भएको थियो । सो घटनामा २५७ जना मानिसको ज्यान गएको थियो भने ७१३ जना घाइते भएका थिए ।

सीबीआईले उनको भाई मन्सुरलाई सोही समय समाएको थियो तर फारुक भने उम्कन सफल भएका थिए । तर पछि मन्सुरको विरुद्धमा सो बम विस्फोटमा संलग्नता प्रमाणीत गर्न नसकेपछि उनी मुक्त भएका थिए ।

आरोपीले मन्सुर र फारुकको भुमिका स्वीकारेको भए पनि पुरा नाम नदिएकाले मन्सुरलाई शंकाको लाभको हिसाबमा मुक्त गरिएको थियो । एजेन्सी