पहिलो खेलमा नामिबियालाई हराउँदै नेपाल अंक तालिकाको तेस्रो स्थानमा

पहिलो खेलमा नामिबियालाई हराउँदै नेपाल अंक तालिकाको तेस्रो स्थानमा

काठमाडौं, २६ माघ । आइसीसी वल्र्ड क्रिकेट डिभिजन–२को आफ्नो पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । बिहीबार भएको पहिलो खेलमा क्यानडा, युएइ र नेपाल विजयी भएका थिए । १–१ खेल जितेका यी तीन देशको २–२ अंक रहेको छ । रनरेटको आधारमा पहिलो एक खेल जितेको क्यानडा शीर्ष स्थानमा रहेको छ क्यानडाको ४.७७ रनरेट रहेको छ । दोस्रोमा रहेको युएइको ४.३६ रनरेट रहेको छ भने तेस्रोमा रहेको नेपालको ०.०५८ रनरेट छ ।

नेपाल, नामिविया, केन्या, ओमान, युएइ र क्यानडासहित ६ देश सहभागी डिभिजन टूको शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन् ।

विश्वकप छनोटको यात्रा तय गर्नका लागि हरेक खेल जित्नुपर्ने र तालिकाको शीर्ष दुईमा रहनको लागि हरेक देशको प्रयास हुनेछ । यस्तोमा हरेका देश हरेक खेल जित्नका लागि खेल्नेछन् । बराबर अंक भएमा रनरेटको आधारमा शीर्ष टीमको छनोट हुन्छ ।