बस पल्टिँदा चौधजना यात्रु घाइते

बस पल्टिँदा चौधजना यात्रु घाइते

लाहान, ४ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा आज यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नं को मुनाल यातायात नामक यात्रुबाहक बस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अस्थायी प्रहरी चौकी मिर्चैयाका प्रहरी सहायक निरीक्षक सतेन्द्र यादवले जानकारी दिए । बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।