काभ्रे । नेकपा (क्रान्तिकारी माओवादी)का काभ्रे जिल्ला समिति सदस्य टेकबहादुर विकको हजुरआमा मखे विश्वकर्मा दिवंगत भएको १२ औं दिनको दिन मिति २०७४/०८/१२ मंगलबार एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।

क्रान्तिकारी माओवादी नेता कार्यकर्ता, आफन्त र गाउँलेहरुको उपस्थितिमा गरिएको श्रद्धाञ्जली कार्यक्रममा क्रान्तिकारी माओवादीका पूर्व कार्यालय सदस्य रामसिंह श्रीस, देजमो केन्द्रीय सदस्य कान्छाराम तामाङ, १ नं. निर्वाचन क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार शेषनाथ न्यौपाने‘किसान’, प्रदेशसभा उम्मेदवार शोभा विश्वकर्मा, एकिना थिङ लगायतका नेताहरुले श्रद्धाञ्जली दिएका थिए ।

रोसी गापाको सिपालीमा आयोजित उक्त कार्यक्रमको सञ्चालन क्रान्तिकारी युवा लिगका केन्द्रीय नेता जितबहादुर लामाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर