
बेइजिङ, २१ कार्तिक । चिनियाँ सेनाले राष्ट्रपति शी जिन फिङप्रति पूरा निष्ठापूर्वक साथ दिने संकल्प गरेको छ । सोमबार चिनियाँ सेनाले जनाएको यो संकल्पबाट सत्तामा शीको पकड अझ मजबुत भएको छ ।
सत्तारुढ कम्युनिष्ट पार्टीको हालै भएको महाधिवेशनबाट शी पुनः राष्ट्रपतिमा दोहोरिएका छन् । ६३ वर्षीय शीलाई संस्थापक नेता माओ बराबरको दर्जा पनि दिइएको छ ।
चीनको सर्वोच्च सैन्य प्राधिकणले भनेको छ, ‘चीनको सेना पूरै बफादार र विश्वासयोग्य रहने छ र सेन्ट्रल मिलिट्री कमिशन (सीएमसी)का अध्यक्षले शीको आदेशको पूरै तरिकाबाट पालन गर्नेछ । आठ सदस्यीय सीएमसी २३ लाख सदस्य रहेको चिनियाँ सेना पिपुल्स लिबरेशन आर्मी (पीएलए)को हाईकमाण्ड हो ।
शी सीएमसीको एकलौटी असैन्य सदस्य छन् । पाँच वर्षमा एकपटक हुने सीपीसीको महाधिवेशन पनि गत अक्टुबर २४ मा आयोजना भएको थियो । यसमा पार्टी प्रमुखको हैसियतमा शी दोस्रो कार्यकालका लागि दोहोरिएका थिए ।
महाधिवेशनबाट शीको राजनीतिक दर्शनलाई पनि संविधानमा सामेल गरिएको छ । माओ र देङ शियाओपिङ पछि यो सम्मान पाउने शी एकमात्र चिनियाँ नेता हुन् ।