काठमाडौं । मध्य युरोपेली मुलुक अस्ट्रियामा ३१ वर्षे युवक सेबस्टियन कुर्ज पिपुल्स पार्टीका तर्फबाट राष्ट्रपति बनेका छन् । उक्त पार्टी पुरातनवादी धारको मानिन्छ । कुर्ज संसारकै कम उमेरका राष्ट्रप्रमुख पनि बनेका छन् । उनको पार्टीले ३१ प्रतिशतभन्दा बढी मत हासिल गरेको छ । सोसल डेमोक्रेट्स र फ्रिडम पार्टीबीच दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा देखिएको छ ।
यसअघि उनले सन् २०१३ मा अस्ट्रियाको सबैभन्दा कम उमेरको विदेश मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यसबेला उनी २७ वर्षका मात्र थिए । मे २०१७ मा उनले पिपुल्स पार्टीको नेतृत्व हात पारे ।
उनको राजनीतिक जीवन सोही पार्टीको युवा संगठनबाट भएको थियो । राजधानी भियनाको सिटी काउन्सिलमा चुनिनुअघि उनले युवा संगठनको नेतृत्व गरिसकेका थिए । अस्ट्रियाको राजनीतिमा उनलाई ‘उन्डरउज्जी’ पनि भन्ने गरिएको छ । त्यसको अर्थ हुन्छ, पानीमा पनि हिँड्न सक्ने मानिस । उनको तुलना फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रो र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउसँग गरिने गरेको छ ।