काठमाडौं । व्यवस्थापिका संसदको बैठकले पारित गरी प्रमाणीकरणका लागि पेश गरिएका सात विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रमाणीकरण गरेकी छिन् । संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरेकी हुन् । प्रमाणिकरण हुने विधेयकमा मुलुकी देवानी (संहिता) विधेयक, २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) विधेयक, २०७४, मुलुकी अपराध (संहिता) विधेयक, २०७४, मुलुकी फौजदारी कार्य्विधि (संहिता) विधेयक, २०७४, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७४, केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७४ र भाषा आयोग विधेयक, २०७४ रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । यसअघि आइतबार राष्ट्रपतिबाट १० विधेयक प्रमाणिकरण भएको थियो ।