काठमाडौं । अमेरिकाले आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुने सम्भावना बलियो बनाएको छ ।
उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रको छनौट अन्तर्गत शनिबार बिहान भएको खेलमा पानामामाथि ४–० को जित निकाल्दै अमेरिकाले विश्वकपमा छनौट हुने सम्भावना बलियो बनाएको हो ।
अमेरिकाको जितमा जोजी एल्टिडोरले दुई तथा क्रिष्टियन पुलिसिक र बबी वुडले एक एक गोल गरे । जितपछि ९ खेलबाट अमेरिकाको १२ अंक भएको छ । अब अमेरिकाले मंगलबार ट्रिनिडाड एण्ड टोबागोसँग खेल्नेछ ।
यो खेलमा जित निकालेमा र दोस्रो स्थानमा रहेको कोस्टारिकालाई पानामाले हराएमा अमेरिकाले विश्वकपमा स्थान बनाउने सम्भावना रहन्छ । कोस्टारिकाले आइतबार होण्डुरसँग खेल्दैछ । यो क्षेत्रबाट मेक्सिको छनौट भइसकेको छ ।