
स्पेन । स्पेनको संवैधानिक अदालतले क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न आदेश दिएको छ ।
क्याटालोनियालाई स्वतन्त्र घोषणा गरिए संविधानको उल्लंघन ठहर्ने अदालतले उल्लेख गरेको छ ।
अदालतले आगामी साता बस्न लागेको क्याटालान संसदको बैठक पनि स्थगित गर्न आदेश दिएको छ ।
क्याटालान नेता कार्लोस पुईग्देमोन्टले सोमबार बस्ने संसद बैठकले क्याटालोनियालाई स्वतन्त्र घोषणा गर्ने बताउँदै आएका थिए ।
अदालतले यो आदेश स्पेनिस सरकारको नभई क्याटालानकै समाजवादी दलले स्वतन्त्रताको घोषणा रोक्न माग गर्दै हालेको मुद्दामा दिएको हो ।