काठमाडौं । आगामी वर्ष रुपमा हुने विश्वकप फुटबलमा छनोटका लागि संघर्षरत अर्जेन्टिना पेरुसँग बराबरीमा रोकिएको छ ।

यो बराबरीसँगै गत संस्करणको उपविजेता अर्जेन्टिनाको छनौंट हुने सम्भावना झन कमजोर बनेको छ ।

हार्दिक शुभकामना !

दक्षिण अमेरिकी छनोट अन्तरगत शुक्रबार बिहान सम्पन्न खेलमा खेलमा पेरुले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेको हो । अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उत्कृष्ठ प्रदर्शन गरेपनि गोल गर्न सकेन ।

यो बराबरीसँगै पेरु १७ खेलबाट २५ अंकका साथ पाँचौं स्थानमा छ भने अर्जेन्टिनाको समान अंक भएपनि गोल अन्तरका आधारमा छैटौं स्थानमा छ ।

अर्जेन्टिनाले अब छनोट चरणको अन्तिम खेल इक्वेडरसँग खेल्नेछ । विश्वकपमा छनोट हुन उसलाई यो खेल जितेर मात्र पुग्दैन, अन्य टोलीको खेलमा पनि भर पर्नु पर्नेहुन्छ ।

यो समूहबाट ब्राजिल विश्वकपका लागि छनौट भइसकेको छ भने दोस्रो स्थानमा रहेको उरुग्वेको २८ अंक छ । तेस्रो स्थानमा रहेको चिली र चौथो स्थानमा रहेको कोलम्बियाको समान २६ अंक छ ।

अन्तिम खेलमा उरुग्वेले बोलिभियासँग, चिलीले ब्राजिलसँग र कोलम्बियाले पेरुसँग खेल्नेछ । एक अंकले अर्जेन्टिना भन्दा पछाडि रहेको पाराग्वेले भेनेजुएलाको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर