काठमाडौं । ‘सप्तरी तिलाठी संघर्षका नायक श्री देवनारायण यादवलाई रिहा गर !’ भन्दै दश वाम दलले बिहीबार दिउसो एक संयुक्त विरोध सभाको आयोजना गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, देजमो, नेपाल, जनमोर्चा, नेकपा (माले), नेकपा (संयुक्त) जनसमाजवादी पार्टी, नेकपा र नेकपा (माक्र्सवादी) लगायतका पार्टीहरुले गरेको विरोध सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, देजमोका सचिवालय सदस्य हरिकृष्ण गजुरेल, जनमोर्चाका अध्यक्ष साध्यबहादुर भण्डारी, नेकपा (माले)का केस केपी ढुंगाना, नेकपा (माक्र्सवादी)का अध्यक्ष अम्बिका प्रसाद थैव, नेकपाका पोलिटव्यूरो सदस्य रत्न प्रसाद जोशी, जनसमावादीका अध्यक्ष सुभाष काफ्ले, नेकपा (संयुक्त)का महासचिव प्रकाश अधिकारी लगायतका नेताहरुले राष्ट्रिय स्वाधीनताको आन्दोलनका प्रतीक बनेका सप्तरीका तिलाठी निवासी देवनारायण यादवलाई तत्काल रिहाइको लागि पहल गर्न नेपालका शासकसँग जोडदार माग गरेका छन् ।

देवनारायण यादव, जसले गतवर्ष एकतर्फी रुपमा अन्तर्राष्ट्रिय कानुनका विरुद्ध गएर भारतीय शासकले नेपालको सीमामा बाँध बाँधेको थियो, उक्त बाँध भत्काइदिएर नेपाली भूभाग डुवान हुनबाट रोक्ने आन्दोलनको नेतृत्व गर्दा घाइते समेत भएका थिए । जसलाई भारतीय प्रहरीले गिरफ्तार गरेर जेल चलान गरेको घटनाको विरुद्धमा राष्ट्रिय स्वाधीनताको पक्षमा आन्दोलनरत दश वाम घटकले काठमाडौको रत्नपार्कमा एक संयुक्त विरोध सभाको आयोजना गर्दै उक्त घटनाको चर्को विरोध गरेका छन् । उनीहरुले एक स्वरमा भने, “भारतको हस्तक्षेप हामी सहँदैनौं, विना शर्त देवनारायण यादव र उनको छोराको रिहाई गरी भारतीय सरकारले सार्वजनिक रुपमा नेपालका जनता खासगरी तिलाठीका जनतासँग माफी माग्नुपर्छ ।”

हार्दिक शुभकामना !

नेपालको सिमानामा बस्ने नेपालीहरुले भारतीय विस्तारवादी शासकहरुको हस्तक्षेपका कारण भोग्नु परेका अनेकौं सास्तीको चर्चा गर्दै उनीहरुले ती सबै हुनुमा नेपालका शासकहरुको लम्पसारवादी चरित्र मुख्य जिम्मेवार रहेको भन्दै नेपाल सरकारका शासकहरुको पनि चर्को विरोध गरेका थिए । उनीहरुले राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई सशक्त रुपमा उठान गर्नका लागि देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिलाई एकजुट बनाउनु पर्ने विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर