
नेकपा (क्रान्तिकारी माओवादी) ले पार्टी केन्द्रीय सदस्य विदुर खरेलकी आमा विष्णुमाया खरेलको निधनप्रति दुःख व्यक्त गरेको छ । सर्लाही निवासी खरेलको ८७ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।
क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले एक वक्तव्य जारी गर्दै खरेलको निधनबाट आफूहरु दुःखी भएको जनाएका छन् ।




अध्यक्ष वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँले पार्टी र क्रान्तिका काममा आवश्यक मद्दत गर्दै आउनु भएको थियो । हामी पार्टी सहयोगी तथा समर्थक रहिआएकी विष्णुमाया खरेल प्रति भावपूर्ण श्रद्घाञ्जली अर्पण गर्दछौ । साथै,यस दुःखद घडीमा हामी क. विदुर खरेल सहित सवै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।’