नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास त्यति लामो नभएतापनि समयावधिको हिसाबले छोटो पनि भन्न मिल्दैन । नेपालमा पहिलो पटक क.पुष्पलालको नेतृत्वमा विधिवत् रुपमा २००६ साल वैशाख १० गते स्थापना भएको थियो । तत्पश्चात नेपाल कम्युनिस्ट पार्टी क.पुष्पलाल कै नेतृत्वमा वामे सर्दै थियो, खासमा भन्नु पर्दा उभिएर पाइला टेक्नसम्म पनि पाएको थिएन । शिशु पार्टीभित्र दक्षिणपन्थी अवसरवादले नङग्रा गाडन आईपुगिहाल्यो । पार्टीभित्र क्रान्तिकारी कम्युनिस्टहरुको गड जम्न पाएको थिएन, यस्तो स्थितिको फाइदा उठाई ती दक्षिणपन्थी अवसरवादीहरुले क.पुष्पलाललाई पार्टीको महासचिवबाट विस्थापित गरी मनमोहन अधिकारी पार्टीको महासचिव पदमा आसिन हुनआइपुगे । र यसरी नवशिशु नेपाल कम्युनिस्ट पार्टीलाई दक्षिणपन्थी अवसरवादीहरुले आफ्नो पकडमा लिएपश्चात क्रमबद्ध रुपले दक्षिणपन्थी संशोधनवादमा पतन हुुनुका साथै पार्टीको नेतृत्वमा फेरबदलको क्रममा राजतन्त्र पक्षधर केशरजङ्ग रायमाझी पार्टीको नेतृत्वमा आए । यस्तो स्थितिमा क्रान्तिकारी कम्युनिस्टहरुलाई पार्टीभित्र आफ्नो वर्चस्व कायम राखिरहन पक्कै पनि सहज थिएन । त्यसमाथि देशमा संसदवादीहरुले यनतेन प्रकारले बुर्जुवा संसदीय व्यवस्था स्थापनागरी धार के सोझ्याएको मात्र थियो । पूर्व राजा महेन्द«ले २०१७ पौष १ गते सैनिक ‘कू’ मार्पmत संसदीय व्यवस्था भंग गरि शासनसत्ता कब्जागरी देशमा फेरि राणापछि शाहवंशीय निरंकुश तानाशाही पञ्चायती व्यवस्था लाद्न ल्याइपु¥याए ।
देशमा शाहवंशीय तानाशाही शासनको वहालीपछि संशोधनवादीहरुका नेता राजतन्त्र पक्षधर केशरजङ्ग रायमाझीले राजा महेन्द्रसँग घाँटी जोड्न पुगेपछि संशोधनवादीहरु आफ्नो साख जोगाउन क्षणिक संकटग्रस्त बनी आन्तरिक रुपमा खैलाबैला मच्चाउन पुगे । संशोधनवादीहरुबीच उठेको संकटग्रस्त खैलावैलालाई मत्थर पार्न आधारभूत राजनीतिक कार्यक्रमका रुपमा राष्ट्रिय प्रजातन्त्र र मूल राजनीतिका रुपमा सर्वसत्ता सम्पन्न सार्वभौम संसदलाई स्वीकार्दै तुल्सीलाल अमात्य पार्टीका महासचिवका रुपमा उदाउन आइपुगेका थिए ।
पार्टीभित्र क्रान्ति विरोधी आधुनिक संशोधनवादको चपेटाबाट प्रदुषित राजनीतिक माहोलमा रुमल्लिन बाध्य क्रान्तिकारी धाराका कमरेडहरु माक्र्सवादी–लेनिनवादी अडान र दृष्टिकोणलाई आत्मसात् गरी एकताबद्ध भई क्रान्तिको निमित्त आवश्यक भूमिका निर्माण गर्नुको उल्टो मनोगतवाद र संकीर्णतावादमा आ–आफ्नै डम्फुको तालसुरमा रमाउँदा रमाउँदै एकपछि अर्काेगर्दै विभिन्न चिरामा विभाजित हुनपुगेका थिए । र पनि कतिपय क्रान्तिकारीहरुले आ–आफ्नै सोच र सामथ्र्यले भ्याएसम्म क्रान्तिकारी आन्दोलन र अनेकन किसिमका क्रियाकलाप नअपनाएका हैनन्, अपनाउँदै आएका पनि हुन । त्यसमध्ये क्रान्तिकारीहरुको मन–मस्तिस्कमा अमिट छापको रुपमा मात्र रहिरहेको नभई क्रान्तिकारी उत्साह र उमंग जगाई दिने ज्वलन्त उदाहरणको रुपमा हाम्रो सामु विभिन्न बेलाबखतमा किसान आन्दोलन, देशीय सामन्तवाद र साम्राज्यवाद विस्तारवाद विरुद्ध जनआन्दोलन भए÷गरेका छन् । त्यसमध्ये भीमदत्त पन्तले गरेको किसान आन्दोलन पनि सशस्त्र ढङ्गको थियो । यसै क्रममा सम्झन लाएक अरु झापा विद्रोह र अझ विशेषतः महान एव्म ऐतिहासिक दश वर्षीय दीर्घकालीन सशस्त्र जनयुद्ध थियो ।
भन्ने गरेको सुनिन्थ्यो, कुनै पनि बेलाका सच्चा क्रान्तिकारी त्यो सदावहार क्रान्तिकारी नै रहिरहन्छ भन्न सकिन्न, नहुन पनि सक्छ । हिजोको क्रान्तिकारी आज आएर क्रान्ति विरोधी मात्र हैन प्रतिक्रान्तिका नायक पनि हुन सक्छ भन्ने चरितार्थ हामीले भोग्दै आइरहेका छौं । झापा विद्रोहमा संलग्न अधिकांश नेता तथा कार्यकर्ताहरु छोटै समयावधीभित्र क्रान्तिबाट पलायन हुनपुगेको मात्र हैन । तिनीहरु ख्रुश्चोभीय आधुनिक संशोधनवादबाट प्रभावितभई मदन भण्डारीद्वारा प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नामाकरण गरेको संशोधनवादी भाषमा डुबुल्कीमार्दै प्रतिक्रियावादीहरुको जल्दोबल्दो हिस्सेदार बनेर देश र जनतामाथि दोहन गर्न क्रियाशील रहिआइरहेका छन् ।
त्यसैगरी ऐतिहासिक दश वर्षीय जनयुद्धका प्रमुख नेतृत्व प्रचण्डले साम्राज्यवाद विस्तारवाद सामू राष्ट्रिय तथा वर्गीय आत्मासमर्पण गर्न पुगे । र क्रान्तिविरोधी कार्यनीति तय गर्न बाधकको रुपमा खडा रहिआएका मूलतः क्रान्तिकारी धाराका नेता मोहन वैद्य ‘किरण’ लगायत अरु कतिपय नेता तथा कार्यकर्ताहरु भारतीय विस्तारवादको कोपभाजनमा परि भारतीय बन्दीगृहमा कष्टकर बन्दी जीवनयापन गर्नुपर्ने जस्तो बाध्यताभित्र फाइदा उठाउँदै । चुङवाङमा बसेको केन्द्रिय भेलाले जनयुद्धको लक्ष्य र उद्देश्य संसदीय प्रतिक्रियावादी राज्यसत्ता ध्वस्तपारी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्नुलाई एकातिर पन्छाई लोकतान्त्रिक गणतन्त्रको कार्यनीति तय गर्न पुगे । त्यसपछि दिल्लीमा पुगेर संसदवादी साथ दलसँग विघटित संसदलाई पुर्नस्थापित गरि त्यसैका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रीय राज्यव्यवस्था कायम गर्ने गरी १२ बुँदे सम्झौतागरी स्वदेश फर्के । जनयुद्धको राप र तापमा स्वतस्फुर्तरुपमा उठेको दोश्रो जनआन्दोलन (जनउभार), दश वर्षीय सशस्त्र जनयुद्धद्वारा निर्मित क्रान्तिकारी जन आधार इलाका, जनसत्ता, जनआदालत लगायत सम्पूर्ण संरचनाहरु एकतर्फी रुपमा, बृहत शान्ति सम्झौताको नाउँमा लालगद्दार प्रचण्डले भङ्ग गरी प्रतिक्रान्तिको नेतृत्व गर्न पुगेका थिए ।
अबका दिनमा सच्चा क्रान्तिकारीहरुको कार्यभार भनेको, विगतमा मुलुकभित्र घटेका अनेकन प्रिय अप्रिय घटनाहरुको समुचित रुपबाट प्राप्त कटु अनुभवहरु सबलाई एक एक गरि केलाउँदै, त्यसबाट पाठ सिक्दै, माक्र्सवादी–लेनिनवादी–माओवादी अडान र दृष्टिकोणलाई गम्भीरताका साथ आत्मसातगरी देशमा विद्यमान ठोस परिस्थितिको ठोस विश्लेषण गरी क्रान्तिकारी कार्य दिशा तय गरी सोही अनुसार क्रान्तिकारी छलाङग मार्नु हो ।
हालसम्म देशमा विद्यमान देशको वस्तुगत स्थिति अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाका कैयौं विशेषता कायमै रहेतापनि समग्रमा नवऔपनिवेशिक अवस्था नै प्रवल बन्दै गइरहेको स्थिति छ । यद्यपि नेपालमा पुँजीवादको विकास त हुँदै आएको देख्नमा आएको छ । तर त्यो पुँजीवादको विकास औद्योगिक पुँजीवादको विकास नभई सामन्तवाद र साम्राज्यवाद÷विस्तारवादको मिलेमतोमा आधारित दलाल तथा नोकरशाही पुँजीवादको विकास भएको छ । यसरी नेपालको यो स्वतन्त्र तथा आत्मनिर्भर, राष्ट्रिय अर्थतन्त्र र औधोगिक पूँजीवादको विकासमा गम्भिर बाधकको रुपमा खडा हुँदै आइरहेको छ ।
देशमा विद्यमान अर्धसामन्ती अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थाबाट देश र जनतालाई मुक्त पार्न (मुक्ति दिलाउन) नयाँ जनवादी क्रान्ति अपरिहार्य रहि आएको छ । नयाँ जनवादी क्रान्ति साम्राज्यवाद, विस्तारवाद तथा सामन्तवाद र दलाल एवं नोकरशाही पुँजीवादका विरुद्ध परिलक्षित रहिआएको छ र रहने छ । हुन त यहाँ कतिपय राजनीतिक दल, बुद्धिजीवी र दक्षिणपन्थी अवसरवादीहरुले नेपालमा पुँजीवादी जनवादी क्रान्ति पूर्ण भईसकेको छ र अब नयाँ जनवादी होइन समाजवादी क्रान्तिको कार्य दिशा अवलम्बन गर्नुपर्छ भनेर अनेकखाले विभ्रम खडा गर्दै आइरहेका छन् र क्रान्तिकारीहरु र श्रमजीवी आम जनसमुदाय ती कुराबारे प्रस्टिनु जरुरी छ ।
जनविरोधी पश्चगामी त्यो संविधानमा त्यो पनि हात्तिको दाँत जस्तो गरि देखावटी रुपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता विषयलाई समावेश गरेकोलाई आधार बनाई नेपालमा पुँजीवादी जनवादी क्रान्ति भइसकेको छ भनेर जसरी तर्क गर्दै आइरहेका छन् त्यो पूर्ण गलत तथा भ्रामक धारणा हो । यदि नेपालमा उनीहरुले तर्क गर्दै आईरहेको कुरो सत्य तथ्यमा आधारित हुँदो हो त यहाँ दलाल, नोकरशाही पूँजीपति एवम् सामन्तवर्गको पुरानो राज्यसत्ता तथा राज्य मसिनरी यथावत कायम नहुनुपर्ने हो । राणाकालदेखि अहिलेसम्म आउँदा शासनसत्तामा केहि फेरवदल अवश्यै भएका छन् । परन्तु राज्यसत्तामा भने उहि दलाल, नोकरशाही पुँजीपति तथा सामन्तवर्गको नेतृत्व तथा अधिनायकत्व यथावतै कायम रहिआएको छ । जनवादको समस्या समाधान हुने कुरो त परको कुरो साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप तथा उत्पीडन अन्त्य हुनुको उल्टो दिनानु दिन तिब्र बन्दै गएको छ । यहाँ नयाँ जनवादी क्रान्ति पूर्ण भइसकेको हुँदो हो त, नयाँ जनवादी क्रान्तिको मान्यता अनुसार सर्वहारावर्गको नेतृत्व तथा आम जनसमुदायको संयुक्त अधिनायकत्वमा नयाँ जनवादी राज्यसत्ता स्थापना भएको हुनुपथ्र्यो । बरु उल्टै देशी तथा विदेशी प्रतिक्रियावादसित वर्गीय तथा राष्ट्रिय रुपमा आत्मसमर्पणवादको बाटो पकडिन पुगिरहेका छन् ।
यी लालगद्दारका पिछलग्गु दक्षिणपन्थी अवसरवादीहरु आपूmले आफैंलाई अर्थहीन, पङगु र बेवकुफी सावित गर्न, हत्केलाले सूर्यलाई छेकेर दिउँसै रातपार्ने कुचेस्टामा अग्रसर भएजस्तै गरी, उनीहरु नेपालमा पुँजीवादी जनवादी क्रान्ति पूर्ण भएको छैन र देश अभैm अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नव–औपनिवेशिक अवस्थामै छ भनी तर्क गर्नेहरु माथि जडसूत्रवादी तथा परम्परावादी भएको आरोप लगाउँदै आपूm सिर्जनशील माक्र्सवादी भएको कुरा बताउँछन् । वास्तवमा यो आरोपको सम्बन्धमा भन्नुपर्दा यसखाले आरोप दक्षिणपन्थी अवसरवादीहरुले क्रान्तिकारीहरुमाथि लगाउँदै आएको परम्परागत आरोप हो । हो, जदसूत्रवादको विरोध त माक्र्सवादीहरुले पनि गर्दछन् । जडसूत्रवादको विरोध कुन दृष्टिकोणबाट विरोध गर्ने ? जडसूत्रवादको विरोध माक्र्सवादी दृष्टिकोणबाट गर्ने कि संशोधनवादी दृष्टिकोणबाट गर्ने भन्ने नै हो । यस सम्बन्धमा सबैले बुझ्ने गरी खुलस्त रुपले भन्नुपर्दा हामीले के देख्दै र भोग्दै आएका छौं भने जसले सिर्जनात्मक माक्र्सवादको नाउँमा क्रान्तिकारी माक्र्सवादीहरुमाथि जडसूत्रको आरोप लगाउँदै आएका छन् तिनले माक्र्सवादको सिर्जनात्मक प्रयोग होइन कि माक्र्सवादका विरुद्ध प्रतिक्रियावादलाई खुलेआम साथ दिने र अन्ततः आपूm प्रतिक्रियावादमै परिणत हुने गरेको देखिआएको छ । नेपालको सन्दर्भमा भन्ने हो भने लामो समय देखि ठीक यहि प्रक्रिया लागु भएरआइरहेको छ ।
यस कुराको उदाहरण हाम्रो सामु प्रष्ट छ, भारतीय विस्तारवादले आफ्ना दलालहरुलाई नेपालको राज्यसत्तामा उभ्याएर तिनै दलालबाट राष्ट्रघाट गराउँदै आईरहेको कुरा सर्वविदित भएकै कुरा हो । हालको कुरा गर्ने हो भने प्रतिक्रियावादी सत्ताका यी वर्तमान प्रधानमन्त्री देउवाले मात्र कुनै नयाँ र नौलो काम कुरो गरि आएका छैनन् । गरि आएका छन् त दलाल प्रतिक्रियावादीहरुको यो राष्ट्रघाट गर्ने काम यिनिहरुको परम्परागत काम हो । हो, देउवाले अहिलेको भारत भ्रमणमा भारतीय विस्तावादीहरुलाई एउटा नयाँ कोसेलीको रुपमा कोशी उच्चवाँध जस्तो थप राष्ट्रघाटी सम्झौता गरेर आएका छन् । यो पनि उनीहरुको पुख्र्यौली काम नै हो । यस्तो शृङखला सितिमिति रोक्ने वाला छैन, यस्तो शृङखला रोक्न शान्तिपूर्ण सडक आन्दोलन (जुलुस, नारा र सडक अन्तरक्रिया) मा सीमित रहेर रोेकेर रोकिने विषय वस्तु हैन । यस्तो राष्ट्रघाती शृङखला रोक्न राष्ट्रिय स्वाधिनताको रक्षा, जनतन्त्र र जनजीवीकाको सुनिश्चितता कायम गर्नु जरुरी छ । जसको निमित्त देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त वाम्पन्थीहरु तथा तमाम् श्रमजीवी जनसमुदायहरु एकताबद्धभई बलप्रयोगको विरुद्ध बलप्रयोग गर्नुपर्ने मूल्य र मान्यतालाई अंगिकार गरी त्यो दलाल, नोकरशाही पूँजीपति तथा सामन्तवर्गीय प्रतिक्रियावादी राज्यसत्ता र त्यसका हिमायती र हिस्सेदारहरु सबका सबको विरुद्ध नयाँ जनवादी क्रान्तिलाई जुझारु ढंगले उठान गरी संसदीय प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पारी नयाँ जनवादी जनगणतन्त्रीय राज्यव्यवस्था कायम गर्न आवश्यक तयारीका साथ नयाँ जनवादी क्रान्तिमा जुट्न ढिलो हुँदैगइरहेको छ, जिम्मेवार सबै पक्षले गम्भीरता साथ सोच्नु जरुरी छ ।
हिजोआज नेपाली भूमिभित्र संसदवादीहरुसँग घाँटी जोदेर ती लालगद्दार दक्षिणपन्थी अवसरवादमा भासिएर नवसंशोधनवादमा विलय हुनपुगेकाका पिछलग्गुहरु, माक्र्सवादी–लेनिनवादी–माओवादी अडान र दृष्टिकोणबाट सुसज्जित क्रान्तिकारी कम्युनिस्टहरुलाई क्रान्ति विरोधी घेरावन्दीभित्र बनाउन मरिमेट्दै आइरहेका छन् । र पार्टीभित्रै पनि गैरमाक्र्सवादी चिन्तन छरपस्ट गर्ने कुचेस्टा यदाकदा देख्नमा आएको महशुस हुन आउनु पक्कै पनि क्रान्तिकारी पार्टीको निमित्त सुखद कुरो हुनसक्तैन र हैन, यस अर्थमा क्रान्तिकारीहरु सचेत हुनु जरुरी छ । देशको राष्ट्रिय स्वाधिनता जनतन्त्र र जनजीवीका जस्तो अत्यन्तै सम्वेदनशील राष्ट्रिय समस्यामाथि कुत्सित मानसिकता बोकी, स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न भूअखण्ड राष्ट्र नेपाललाई उनीहरुको आफ्नो विदेशी मालिक विशेषतः भारतीय विस्तारवादको गुलामी बनाउने कसरतमा जुटेका छन् । दलाल, नोकरशाही पूँजीपति तथा सामन्तवर्गको नेतृत्वमा रहेको अर्धसामन्ति अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक संसदीय प्रतिक्रियावादी राज्याव्यवस्थालाई ध्वस्त पारी नेपालमा नयाँ जनवादी गणतन्त्र कायम गर्ने उद्देश्यका साथ, हिजो महान ऐतिहासिक दश वर्षे दीर्घकालीन सशस्त्र जनयुद्धमा जुटेका थियौं । तर, ती नेतृत्वदाई लालगद्दार प्रचण्ड र बाबुराम जस्ताको विश्वासघाती क्रियाकलापले गर्दा अधुरो र अपूरो रहिरहेको जनयुद्धको त्यो लक्ष र उद्देश्यलाई पूर्णता प्रदान गर्नु आजको अत्यावश्यक काम हो र यस महान कार्य सम्पन्न गर्न नेपाली विशेषतामा आधारित रहेर आजको आवश्यकता अनुरुप नयाँ जनवादी क्रान्तिलाई टुङगोमा पु¥याउन, नेपालका तमाम क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त वाम्पन्थीहरु, शोषित पीडित आम श्रमजीवी जनसमुदायलाई क्रान्तिकारी सुझबुझता अपनाई एकताबद्ध तुल्याई (पारी) क्रान्तिकारी पहलकदमि लिनु क्रान्तिकारी कम्युनिस्ट पार्टीको यो राष्ट्रिय दायित्व हो र विना अपवाद यस महान कार्यको पहलकदमी लिन जुट्नै पर्छ ।