
एजेन्सी । पाकिस्तानको लाहोरमा भएको उपनिर्वाचनमा पूर्व प्रधानमन्त्री नवाज शरिफकी पत्नी कुलसुम नवाज भारी मतले विजयी भएकी छिन् ।
अदालतबाट गत जुलाइमा पद सम्हाल्न अयोग्य ठहर गरिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफकी श्रीमती कुलसुमले उपचुनावमा जित हात पारेकी हुन् ।
मतगणनामा कुलसूम नवाजले आफ्ना निकटतम् प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार बढी मत पाइन् । उनले ६१ हजार २ सय ५४ मत प्राप्त गरेर विजयी भएकी हुन् ।
भ्रष्टाचारसम्बन्धी मुद्दामा पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक पद धारण गर्न योग्य नभएको ठहर गरेपछि उनले राजीनामा दिएका थिए । उनको राजीनामापछि निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचनको नतिजा सार्वजनिक भएपछि पाकिस्तानी सत्तारुढ दल पीएमएलएनले पूर्वप्रधानमन्त्री शरिफलाई राजनीतिक षड्यन्त्रको शिकार बनाएको जनमतबाट पुष्टि भएको जनाएको छ ।