काठमाडौं । भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्य–सचिव चुडामणि शर्माको घरमा विस्फोट भएको छ ।
काठमाडौंको बूढानिलकण्ठस्थित शर्माको घरमा आइतबार राति अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएपनि अन्य ठूलो क्षति भने भएको छैन । घटनास्थलमा विजुलीको तार फेला परेको जनाइएको छ ।
शर्माले कर फछ्र्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै विशेष अदालतमा मुद्दा चलिरहेको छ ।