बुटवल ३१ भदौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय अध्यक्ष मोहन बैद्य‘किरण’ले प्रचण्ड कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको टिप्पणी गर्नुभएको छ । ‘माकेका अध्यक्ष प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर्न सिपालु छन्’ अध्यक्ष बैद्यले भन्नुभयो । क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति, रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बैद्यले नेपालका कम्युनिष्टहरुले बामको आवरणमा कम्युनिष्टको नाम भजाएर कम्युनिष्टकै बद्नाम गरिरहेको बताउनुभयो । माओवादी केन्द्रसंग आफ्नो पार्टीको कुनैपनि हालतमा एकता नहुने प्रष्ट पार्दै प्रचण्डलाई कांग्रेससँंग एकता गर्न सुझाव दिनुभयो । ‘कांग्रेससँंग प्रचण्डको कुरा मिल्छ प्रचण्डले कांग्रेससँंग एकता गरे हुन्छ’ बैद्यले अगाडि थप्नुभयो, ‘सच्चा क्रान्तिकारीहरुबीच एकता र धु्रबीकरणका लागि मसाल, विप्लवसँंग छलफल चलिरहेको छ ।’

नयाँं जनवादी क्रान्तिका लागि पार्टीले तयारी थालेको बताउंँदैं मुलुकमा सक्ता सञ्चालकहरु फेरिए पनि राज्यसत्ता परिवर्तन नभएको जिकिर बैद्यले गर्नुभयो । उत्पीडकबाट उत्पीडित जनतामा राज्यसत्ता आएमात्रै वास्तविक जनताको शासन सत्ता आउने र त्यसले मात्र जनताको अधिकार सुनिश्चित हुने उहांँले बताउनुभयो । पार्टी मुलुककै बैकल्पिक शक्तिका रुपमा उदयमान हुने दावी गर्दै अध्यक्ष बैद्यले जनताको राज्यसत्ता कायम गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो । अहिलेको अवस्थामा चुनाव बहिस्कार गरेर जान नसकिने बताउंँदैं उहांँले पार्टीको राष्ट्रिय सम्मेलनले त्यसको छिनोफानो गर्ने उहांँले बताउनुभयो । संविधानले गणतन्त्र, धर्मनिरपेक्षता,संघीयता जस्ता केही कुराको सुनिश्चितता गरेपनि आदिवासी जनजाति, दलित, मधेसी, मुश्लिम लगायत समग्र उत्पीडित जनताको अधिकारलाई ग्यारेन्टी गर्न नसकेको उहांँले बताउनुभयो ।

हार्दिक शुभकामना !

महासंघका अध्यक्ष टेकबहादुर मास्कीरानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम कोषाध्यक्ष राजु भुजेलले सञ्चालन गर्नुभएको थियो । असोज २१–२५ गते पोखरामा हुने पार्टीको राष्ट्रिय सम्मेलनका क्रममा पार्टी अध्यक्ष बैद्य प्रदेश नं ३, ४, ५, ६ र ७ को कार्यक्रममा सहभागी भई बुटवल हुंँदै काठमाडौं जाने क्रममा बुटवलमा भएको पत्रकार भेटघाटमा सरिक हुनुभएको हो । अध्यक्ष बैद्यसहित पार्टी नेता रामसिंह श्रीस, प्रवक्ता हरिभक्त कडेल, सचिवालय सदस्य प्रेमनाथ सुवेदी लगायतका नेताहरु उक्त पत्रकार भेटघाटमा उपस्थित रहेकाे थियाे । 

प्रतिक्रिया

सम्बन्धित खवर