बाँके । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेका क्रान्तिकारी पत्रकार महासंघ बाँकेको शनिबार सम्पन्न सम्मेलनले पत्रकार दिनेश श्रीवास्तवलाई महासंघको जिल्ला अध्यक्षमा निर्वाचित गरेको छ । महासंघको प्रथम जिल्ला सम्मेलनले सचिवमा हेमराज अधिकारी, कोषाध्यक्षमा सञ्जना कर्माचार्य, सचिवालय सदस्यमा सावित्री घर्तिमगर,कविता रेगामी र सदस्यहरुमा हेमराज न्यौपाने, दिक्षा श्रीवास्तव लगायत १५ जनाको कार्यसमिति निर्वाचित गरेको क्रान्तिकारी पत्रकार महासंघको कार्यालय सदस्य लोकराज जैसीले बताए ।

जैसीका अनुसार सम्मेलनको उद्घाटन उनकै प्रमुख आतिथ्यता र क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका बाँकेका पार्टी इन्चार्ज भुपेन्द्र न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । यो सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, जिल्ला उपाध्यक्ष रुपा गहतराज, प्रेस युनियनका सचिव अर्जुन ओली, प्रस चौतारीको नेता तथा महिला सञ्चार समूहको अध्यक्ष अक्षरी पोख्रेल, प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल,प्रेश मञ्चका नेता आशिष गुप्ता, क्रान्तिकारी पत्रकार संगठनका निलम आरसीलगायतको उपस्थित रहेको थियो । कार्यक्रममा वक्ताहरुले पत्रकारहरुको पेशागत हक, हित र अधिकारको लागि एक भएर लड्नुपर्नेमा जोड दिएका थिए ।

हार्दिक शुभकामना !

 

प्रतिक्रिया

सम्बन्धित खवर