उदयपुर, कटारी । प्राणघातक रोग क्यान्सरसँग लडिरहेका जनयुद्धका सहिद खड्ग राउतका बुवा रोमबहादुर राउतको शनिबार निधन भएको छ । पेटको क्यान्सरबाट पीडित राउतको आफ्नै निवास उदपुरको कटारी नपा–११ गोठडाँडामा निधन भएको हो । उपचार सम्भव नभएको भन्दै भक्तपुर क्यान्सर अस्पतालले उहाँलाई एक हप्ताअघि मात्र डिस्चार्ज गरेर घर पठाएको थियो । पारिवारिक स्रोतले जनाए अनुसार उहाँको पेटको आमाशयमा क्यान्सर फैलिएको थियो ।

करिब एक महिनाअघि पेटमा असहज भएपछि काठमाडौंको केएमसी अस्पतालमा भर्ना भएका राउतलाई हस्पिटलले क्यान्सर भएको भन्दै थप उपचारको लागि भक्तपुरको क्यान्सर अस्पतालमा रेफर गरेको थियो । केएमसीमा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले भेटेर उहाँको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएका थिए ।

हार्दिक शुभकामना !

 उदयपुरको थवाङको पहिचान बनाएको गोठडाँडाका दिवंगत रोमबहादुर राउत आफैले अवीर माला लगाएर छोरालाई जनयुद्धमा पठाएका थिए । जनयुद्धमा तत्कालीन शाही नेपाली सेनाले ‘छारा कहाँ छ, देखा’ भन्दै उहाँलाई खाल्डो खनेर घाँटीसम्म पुरेर भौतिक र मानसिक रुपमा चरम यातना दिएको थियो । जनयुद्धमा छोरा गुमाएपछि छोराको वियोगमा आमाको पनि तीन वर्षअघि मात्र निधन भएको थियो । उहाँका दुई छोरा र चार छोरी रहेका छन् । तत्कालीन जनमुक्ति सेनाको सदस्य रहेका कान्छी छोरी ज्वाईंले स्वेच्छिक अवकाश रोजेका थिए । 

दिवंगत राउतका जेठा छोरा खड्ग राउतलाई तत्कालीन शाही नेपाली सेनाले ०५८ साल जेठ ५ गते उदयपुरको त्रियुगा नगरपालिकाको खैजनपुर भन्ने गाउँमा सेल्टर लिएर बसिरहेको अवस्थामा गिरफ्तार गरी मुठभेडको नाममा चरम यातना दिएर नृसंशतापूर्वक हत्या गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर