काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा बर्नमाउथ विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले यही सिजन प्रिमियर लिगमा आएको क्लब ब्राइटनलाई २–१ ले हराएको हो ।

हार्दिक शुभकामना !

बर्नमाउथको जितमा एण्ड्रयु सर्मन र जर्मेन डिफोले गोल गरे । ब्राइटनका लागि सोली मार्चले एक गोल गरे ।

प्रिमियर लिगको यो सिजनमा बर्नमाउथको पहिलो जित हो । पाँच खेलबाट तीन अंक जोडेको बोर्नमाउथ पुछारबाट दोस्रो स्थानमा छ भने समान खेलबाट चार अंकसहित ब्राइटन १४ औं स्थानमा छ ।

यसैबीच प्रिमियर लिगअन्तर्गत आज सात खेल हुँदैछन् । नेपाली समयअनुसार साँझ सवा ५ बजे हुने खेलमा क्रिस्टल प्यालेस र साउथ ह्याम्पटन भिड्दैछन् ।

त्यसैगरी पौने ८ बजे हुने खेलमा हडल्सफिल्ड र लेस्टर सिटी, लिभरपुल र वर्नले, न्यूक्यासल युनाइटेड र स्टोक सिटी, वार्टफोर्ड र म्यानचेस्टर सिटी, वेस्टब्रोम र वेस्टह्याम युनाइटेड भिडने छन् भने सवा १० बजे टोटनह्याम हट्सपर र स्वान्सी सिटी प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर