नेपालगंज । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ बाँकेले आज जिल्ला सम्मेलन गर्दैछ । पछिल्लो समय क्रान्तिकारी माओवादी निकटको पत्रकार महासंघले संगठन निर्माण अभियानलाई तीब्रता दिंदै आएको छ । महासंघका ५ नं. प्रदेश संयोजक तथा कार्यालय सदस्य लोकराज जैसीले दिएको जानकारी अनुसार शनिबार बिहान १२ बजे नेपालगञ्जको धम्बोजी स्थित होटेल पिस प्लाजाको सभा हलमा सम्मेलनको औपचारिक उद्घाटन हुनेछ ।

महासंघले धम्बोजिबाट नेपालगञ्जका मुख्य चोकहरु हँदैं नगरको परिक्रममा गरेर सभाहलबाट सम्मेलनको औपचारिक उद्घाटन गर्ने तयारी गरेको जनाएको छ । सम्मेलनमा जिल्लाका खजुरा, कोहलपुर, हल्दारपुर, राप्तीपारीका विभिन्न स्थानहरु, चिसापानी, पुरैना, पुरैनी, सम्शेरगञ्ज लगायतका स्थानबाट विभिन्न संञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता हुने बताइएको छ । सम्मेलनमा क्रान्तिकारी माओवादी बाँकेका इन्चार्ज भुपेन्द्र न्यौपाने, सह सेक्रेटरी उपेन्द्र शाही लगायत नेपाल पत्रकार महासंघ र अन्य पत्रकार संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहने जनाइएको छ । 

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर