काठमाडौ । ने.क.पा. (क्रान्तिकारी माओवादी) निकट नेपाल दलित मुतिm मोर्चाको प्रदेश न. ३ प्रदेश भेला आयोजक कमिटि गठन गरिएको छ । मोर्चाको भाद्र २८ गते विहिबार कुपन्डोलमा सम्पन्न विस्तारित बैठकले भेला आयोजक समिटि गठन गरेको हो ।
ने.क.पा (क्रान्तिकारी माओवादी) का सचिवालय सदस्य तथा पार्टी प्रदेश न. ३ का इन्चार्ज दिनेश शर्माको बिषेश आतिथ्यमा सम्पन्न बैठकले टेकबहादुर विकको संयोजकत्वमा केशब ढलकोटी (रामेछाप), रेखा रम्तेल (काठमाण्डौ), रोशन बिसुन्खे (ललितपुर), नारायण रिजाल (काभ्रे), कृष्ण लोहार (सिन्धुली), विष्णु नेपाली (रसुवा), हर्कलाल सुनार (नुवाकोट), पारस नेपाली (मकवानपुर) ,लोकेन्द्र बर्लैवा (रामेछाप), दिपेन्द्र्र लम्साल (काठमाण्डौ), शान्ती वि.क. (चितवन), दिपेन्द्र सुनार (काठमाण्डौ), ज्ञान बहादुर बसेल (सिन्धुपालञ्चोक), कुमार घतानी (काठमाण्डौ), रामचन्द्र वि.क (चितवन), जिवन मंग्राती (काभ्रे), सहित बाँकी तीन जनापछि थप गर्ने गरी २५ सदस्य प्रदेश भेला आयोजक कमिटि गठन गरिएको हो ।
संयोजक वि.क.को अध्यक्षतामा सम्पन्न बैठकले काठमाण्डौमा रेखा रम्तेल, ललितपुरमा रोशन बिसुन्खे, काभ्रेमा नारायण रिजाल, रामेछापमा लोकेन्द्र बर्देवा, सिन्धुपालञ्चोकमा ज्ञान बहादुर बसेल, सिन्धुलीमा कृष्ण लोहार, रसुवामा विष्णु नेपाली, नुवाकोटमा हर्कलाल सुनार, मकवानपुर पारस नेपाली, चितवनमा रामचन्द्र वि.क संयोजक रहने गरी नेताहरुको कार्य विभाजन गरेको छ । बैठकले समाजमा विद्यमान भेदभाव, छुवाछुत विरुद्ध र नेपालमा सर्वहारा वर्गको रुपमा रहेको दलित समुदायको राजनीतिक, आर्थिक, सामाजिक अधिकार प्राप्तिका निम्ति आन्दोलन उठानको सशतm तयारीका लागी सङगठन विस्तारमा जोड दिने निर्णय समेत गरेको संयोजक वि.क.ले मूलबाटोलाई जानकारी दिए ।