धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारस्थित घोप्टेभिरमा यात्रुबाहक बस दुर्घटना हुदाँ ३१ जना घाईते भएका छन् ।
घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको लु १ ख ६६२३ नम्बरको बस सोमबार राती २ बजे तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । सो बसमा ४४ यात्रु रहेका थिए ।





























