काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामले पहिलो जित दर्ता गरेको छ ।
घरेलु मैदानम भएको खेलमा वेष्ट ह्यामले हडर्सफिल्डलाई २–० ले पराजित गरेको हो ।
यहि सिजन प्रिमियर लिगमा बढुवा भएको हडर्सफिल्डको यो पहिलो हार हो । वेष्ट ह्यामको जितमा पेट्रो ओबियाङ र आन्ड्रे आयुले गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा वेष्ट ह्यामले दुवै गोल ७० मिनेटपछि ग¥यो । ७२ औं मिनेटमा ओबियाङले गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाए ।
त्यसको पाँच मिनेटपछि आयुले गोल गर्दै वेष्ट ह्यामलाई २–० को जित दिलाए ।
पहिलो जितपछि वेष्टह्यामले तीन अंक जोडेको छ । पराजित भएको हडर्सफिल्ड सात अंकसहित छैटौं स्थानमा छ ।