
काठमाडौं । हिन्दूहरुको ठूलो चाड बडादशैंमा घर जाने यात्रुहरुका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ खुलेको छ ।
दशैंमा घर फर्कन चाहने यात्रुले नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकीलगायतका स्थानबाट आजदेखि बसको टिकट लिन सक्ने यातायात व्यवसायीले बताएका छन् ।
काठमाडौं उपत्यकाबाट दशैं मानाउन करिव २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ । यात्रु नठगिउन भनेर सरकारले ट्राफिक प्रहरीसँग सहकार्य गरी नियमित अनुगन गर्ने जनाएको छ ।
सरकारले यसअघि भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरे पनि विभिन्न माग राख्दै व्यवसायीले बुकिङ खोलेका थिएनन् ।
गत शनिबार यातायातमन्त्री वीरबहादुर बलायरसँग भएको वार्ता सहमतिमा पुगेपछि यातायात व्यावासायी अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन् ।
मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् ।