महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका १ नं वडामा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले कोणसभा गरी भण्डाफोर कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई देजमोका केन्द्रीय सचिवालय सदस्य एवं केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुरेल र नगरका मेयर उम्मेदवार प्रेमबहादुर भुजेलले सम्बोधन गरेका थिए ।

हार्दिक शुभकामना !

उहाँहरुले पहिलो र दोश्रो चरणको स्थानीय तह निर्वाचनमा जस्तै २ नं प्रदेशको तेश्रो चरणको निर्वाचनलाई पनि पश्चगामी संविधानको भण्डाफोर एवं संगठन सुदृढ, विस्तार र आधार निर्माणको अभियान नै निरन्तर हुने बताउनु भयो ।

नयाँ जनवादी क्रान्ति सम्पन्न भए पछि मात्र उत्पीडित जाति, जनजाति, मधेसी, मुस्लिम, महिलाहरुको अधिकार सुनिश्चित भएको संविधान निर्माण भई सुन्दर, स्वाधीन र सम्मुनत देश बन्ने बताउँदै वक्ताहरुले देजमोले त्यसको नेतृत्व गरिरहेको बताए ।

कार्यक्रम सञ्चालन नगरका उपमेयर पदका उम्मेदवार नन्दलाल विश्वकर्माले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर