काठमाडौं । एसिसि यु–१९ एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई जितका लागि २ सय ८२ रनको लक्ष्य दिएको छ ।
मलेसियाको ओमल क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएपछि थाइल्याण्डले सो लक्ष्य पाएको हो ।
नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ९१ रन बनाए भने प्रनित थापा मगरले ५० रनको योगदान गरे ।
त्यस्तै, ओपनर सन्दिप सुनार ३२, रोहितकुमार पौडेल २८, आशिफ शेख २२ र कप्तान दिपेन्द्रसिंह ऐरी २१ रनमा आउट भए ।
पवन शर्राफ २२ र किशोर महतो २ रनमा नटआउट रहे । १९ बल खेलेका पवनले २ छक्का सहित नटआउट २२ रन बनाएका हुन् ।