काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले सहिदहरु सुरेश वाग्ले (बासु) र भीमसेन पोख्रेल (बैरागी) को १८ औं स्मृति दिवस आज देशभर मनाउँदै छ ।

२०५६ साल भदौ २३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘बैरागी’ लाई गोरखाको गाँखुमा पुलिसले गिरफ्तार गरी हत्या गरेको थियो ।

हार्दिक शुभकामना !

सहिद वासुको स्मृति दिवसका अवसरमा पोखरामा क्रान्तिकारी माओवादीले अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत नेताको उपस्थितिमा स्मृति कार्यक्रमको आयोजना गरिएको छ ।

जनयुद्धका क्रममा माओवादी पार्टीका तर्फबाट सहादात प्राप्त गर्ने सुरेश वाग्ले सबैभन्दा उच्च ओहोदाका नेता हुन् । २०४७ सालदेखि शिक्षण पेशा छोडेर राजनीतिमा होमिएका सुरेश वाग्ले २०५२ मा माओवादी पार्टीको योजनामा सँगै भूमिगत भएका थिए ।

गोरखाको आँपपिपल गाविस–५ स्थित रातडाँडाँ भन्ने ठाउँमा वि.सं. २०१० भाद्र २४ गते जन्मिएका वाग्ले सानैदेखि विद्रोही स्वभावका थिए । करिब १७ वर्ष शिक्षण सेवामा विताएका वाग्ले २०२७ सालदेखि नै कम्युनिष्ट पार्टीमा आवद्ध हुँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार