देशभक्त जनगणतान्त्रिक मोर्चाले पायो निर्वाचन चिन्ह ‘मुठ्ठी’

देशभक्त जनगणतान्त्रिक मोर्चाले पायो निर्वाचन चिन्ह ‘मुठ्ठी’

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आगामी मंसिरमा हुने भनिएको प्रदेश र संसदीय निर्वाचनका लागि ‘मुठ्ठी’ चुनाव चिन्ह पाएको छ ।

निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनका लागि ९५ दललाई निर्वाचन चिन्ह प्रदान गरेको हो ।

आयोगको बिहीबार बसेको बैठकले एकल चुनाव चिन्हमा लड्न चाहने दलहरुलाई चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिँदा हसियाँ हथौडा मुनी तारा, हात्ती र मुठ्ठी चुनाव चिन्ह प्रस्ताव गरेको थियो ।

देजमोले तीन वटा चुनाव चिन्ह प्रस्ताव गरेकोमा आयोगले मुठ्ठी चिन्ह प्रदान गरेको केन्द्रीय सचिवालय सदस्य तथा कार्यालय सचिव हरिकृष्ण गजुरेलले जानकारी दिए ।

यसअघि स्थानीय तह निर्वाचनका लागि भने आयोगले संसद बाहिर रहेका दललाई निर्वाचन चिन्ह नदिएका कारण देजमोका उम्मेदवारहरुले अलग अलग चुनाव चिन्ह मार्फत चुनाव लडेका थिए ।

आयोगले ११ भदौंसम्म दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको हो ।