क्रान्तिकारी माओवादीद्वारा श्रद्वाञ्जली व्यक्त

क्रान्तिकारी माओवादीद्वारा श्रद्वाञ्जली व्यक्त

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टी केन्द्रीय सल्लाहकार माधव खनालकी आमाको निधनमा श्रद्धाञ्जली वक्तव्य जारी गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष मोहन वैद्य किरणले श्रद्धाञ्जली वक्तव्य जारी गर्दै केसस माधव खनालकी ९० वर्षीया आमा टीकादेवी खनालको निधनमा दुःख व्यक्त गरेको छ र भनेको छ, “वहाँको निधनले हामी निकै दुःखित भएका छौ । यस दुःखद् घडीमा दिवंगत आमा टीकादेवी खनालप्रति पार्टी भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछ । साथै, वहाँका शोकसन्तप्त परिवारजनप्रति पनि पार्टी हार्दिक समवेदना समेत प्रकट गर्दछ ।”
चार सन्तानकी आमा टीकादेवी खनालको भाद्र १३ मा आफ्नै निवास दाङको घोराहीमा निधन भएको थियो ।