काठमाडौं । कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं. ८ मा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको कमिटि गठन भएको छ ।
देजमोका केन्द्रीय सचिवालय सदस्य रामबहादुर केसीको उपस्थितिमा भएको भेलाले नेपालु कठरियाको संयोजकत्वमा १७ सदस्यीय वडा कमिटि गठन गरेको छ ।
कमिटीमा पतिराम चौधरी, निरुता चौधरी, ममता चौधरी, कमला चौधरी, मोतिराम चौधरी, इन्द्रजित चौधरी, तिलकराम चौधरी, बन्धिया चौधरी, विषराम चौधरी, राधा चौधरी, कृष्णी चौधरी, सन्तोष चौधरी, नन्दा चौधरी, खुसली चौधरी, रामप्यारी चौधरी, बिजय चौधरी सदस्य रहेका छन् ।