एजेन्सी । क्यारेबियन क्षेत्रमा ठूलो विनाश ल्याएको शक्तिशाली आँधी ‘इर्मा’ पोर्टो रिको पुगेको छ ।

सो आँधीका कारण क्यारेबियन क्षेत्रमा ७ जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति गरेको छ । एन्टिगुवा एण्ड बारब्युडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले करिव ३ सय किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीका कारण एक जना मारिएको र १६ सयको बसोबास रहेको टापुका सबै भवन भत्किएको बताएका छन् ।

हार्दिक शुभकामना !

उनले भने, ‘हामीले पछिल्लो दुई दशकमा २ सय माइल प्रतिघण्टाको गतिमा आउनसक्ने आँधीसँग जुध्ने किसिमका घरहरु बनाएका थियौ तर पछिल्लो ७२ घण्टामा हामीले पछिल्लो आँधीसँग जुध्न आफ्ना श्रोत साधनको उच्चतम प्रयोग गर्नुपर्यो ।’

सो शक्तिशाली आँधीले फ्रान्सको भूभाग पर्ने सेन्ट मार्टिनमा ६ जनाको मृत्यु भएको छ । सो क्षेत्र भग्नावशेषमा परिणत भएको अधिकारीहरुले जनाएका छन् ।

आपतकालीन सहयोगका प्रयासहरु बढी प्रभावित क्षेत्र सम्मको पहुँचमा देखिएका कठिनाई र सञ्चार सम्पर्क नहुँदा थप समस्या उत्पन्न भएको छ ।

सबैभन्दा शक्तिशाली अर्थात ‘क्याटेगोरी फाइभ’ मा पर्ने उक्त आँधी भर्जिन आइलण्डबाट अघि बढिरहेको अमेरिकी राष्ट्रिय आँधी केन्द्रले जनाएको छ ।

एक दशकयताकै शक्तिशाली आँधीको सुरुको वेग २ सय ९५ किलोमिटर प्रतिघण्टा रहेको थियो । यो पोर्टो रिकोको उत्तरी क्षेत्रबाट अघि बढ्दै डोमिनिकन रिपब्लिकको तटीय क्षेत्रमा बिहीबार पुग्ने बताइएको थियो ।

पोर्टो रिकोमा इर्माका कारण ठूलो वर्षा भइरहेको छ भने आँधीबेहरीको समेत सामना गर्नुपरेको छ । घर बाहिर ननिस्कन चेतावनी दिइएपनि कैयौँ बासिन्दाहरु खानेकुरा, पानी र अन्य अत्यावश्यक सामाग्री जोहो गर्नका लागि किनमेल गर्न निस्किएका छन् ।

अधिकारीहरुले कैयौं दिनसम्म विद्युत आपूर्ति अवरुद्ध हुने चेतावनी दिएका छन् ।
इर्मा आँधीले अमेरिकी भूमीमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट भइनसकेपनि अधिकारीहरुले फ्लोरिडामा संकटकालको घोषणा गर्दै पर्यटकहरुको उद्धार सुरु गरेका छन् ।

पोर्टो रिको र भर्जिन आइलण्डमा पनि संकटकालको घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर